खानीमा विस्फोटः १५ जनाको मृत्यु



०३ मंसिर २०७६, काठमाडौं

चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार घटनामा परी अन्य ९ जना गम्भीर घाइते भएका छन्। सोमबार दिउँसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।

दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना कार्यरत थिए। अन्य ११ जनालाई भने कुनै चोटपटक पनि नलागि बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरुको भनाइ छ।

घाइतेहरुको अवस्था स्थिर रहेको र घटनाका बारेमा अनुसन्धान सुरु गराईसकिएको अधिकारीहरुले बताएका छन्। चीनमा खानीमा हुने यस्ता दुर्घटनाका घटना बेला बेलामा भइ नै रहने गरेको छ।

खानीमा सुरक्षाको व्यवस्था अत्यन्त कमजोर रहेको जानकारहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्