काठमाडौं महानगरले चार दिनमात्रै फोहोर उठाउने



०३ मङ्सिर २०७६, काठमाडौं

काठमाडौं महानगरपालिकाले हप्ताको चार दिन मात्रै फोहोर उठाउने तयारी गरेको छ। नकुहिने फोहोरको घरमै व्यवस्थापन गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरी कुहिने फोहोर संकलन गर्न लागेको हो।

यसअघि १२, १८ र २१ वडामा शुरू गरिएको उक्त योजना अब सबै वडामा लागू गर्न लागिएको कामनपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालले बताए ।

उहाँका अनुसार अबको एक महिनाभित्र सो व्यवस्था लागू भइसक्नेछ। विभागले ३२ वटै वडाका वडाध्यक्ष र सदस्यहरूलाई विशेष तालिम दिएपछि नयाँ व्यवस्था शुरू गर्न लागेको हो।

‘पहिलो चरणमा वडाध्यक्ष र सदस्यलाई यसबारे तालिम दिन्छौं, त्यसपछि उहाँहरूको अग्रसरतामा फोहोर व्यवस्थापन शुरू गछौं।’ –विभागका प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेलले भन्नुभयो।

विभागले उक्त कामका लागि स्थानीय क्लब, पुचः महिला समूहलगायत सामाजिक निकायसँग पनि समन्वय गर्नेछ। यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्