प्रधानमन्त्री ओलीको अडानले भारतीय मिडिया तरङ्गीत : कालापानीबाट भारतीय सेना हटाउन आग्रह



०२ मङ्सिर २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी नेपाली भूमि भएकाले त्यहाँबाट भारतीय सेना फिर्ता लैजान दिएको अभिव्यक्तिले भारतीय मिडियामा तरङ्ग छाएको छ ।

भारतीय मूल धारको पत्रिका बीबीसी हिन्दीले आजै ४ घण्टा पहिले भारत से कालापानी विवाद पर नेपाली पीएम ओली बोले- ‘एक इंच भी ज़मीन नहीं मिलेगी’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको छ । त्यस्तै अमर उजालाले ‘ नेपाल के प्रधानमंत्री ओली का एलान, काला पानी इलाके से हटाए जाएंगे भारतीय सैनिक ’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको छ ।

यसैगरी ‘द इण्डियन एक्सप्रेस’ ले ‘म्याप र : नेपाल्स पिएम क्लेम्स कालापानी एरिया, टेल्स इण्डिया टु विथ ड्र’ शिर्षकमा समाचार प्रकाशन गर्दै नेपाली झण्डा बोकेका दुई युवकको ब्याक अफ इण्डिया लेखेको तस्वीर समेत प्रकाशन गरेको छ ।

खासगरी भारतीय संचारमाध्यमहरुले नेपालका प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई जस्ताको त्यस्तै प्रकाशन गरी भारतीय जनता समक्ष पुर्‍याएको छ ।

यो पनि पढ्नुहोस् : 

राष्ट्रवादी ओलीलाई सीमा विवाद समाधान गरी राजनेता बन्ने स्वर्णिम अवसर  !

प्रतिक्रिया दिनुहोस्