पूर्वराजा ज्ञानेन्द्रको भिडियोमा कमल थापाको यस्तो टिप्पणी !



०२ मंसिर २०७६, काठमाडौं

पूर्वराजा ज्ञानेन्द्र शाहले डान्स गरेको भिडियो सामाजिक सञ्जालमार्फत् बाहिरिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले भिडियोमाथि टिप्पणी गरेका छन्।

ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स(एलओडी)मा आइतबार रातिको उक्त रमाइलोलाई राप्रपाका अध्यक्ष थापाले आफ्नो ट्वीटरमा राख्दै परिकल्पना गरेको राजासहितको लोकतन्त्रको उपमा रहेको धारणा राखेका छन्।

‘राप्रपाले परिकल्पना गरेको राजा सहितको लोकतन्त्रको एक उपमा। जनताको राजा, नागरिक राजा। जनताको सुखमा रमाउने,दुःखमा चिन्तित रहने, जनताको साथमा रहने। संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक–राजसंस्था’ उनले ट्वीटर लेखेका छन्।

उक्त भिडियोमा रातो र चन्द्र सूर्य, जङ्गी निशाना हाम्रो सहितको गीतमा पूर्व राजासहित हिमानीले पनि डान्स गरेको देख्न सकिन्छ।

यो पनि पढ्नुस्ः

[भिडियो]नाइट क्लबमा पूर्वराजाको डान्स

प्रतिक्रिया दिनुहोस्