फुटबल म्याचमा फायरिङः ४ को मृत्यु, ६ घाइते



०२ मंसिर २०७६, काठमाडौं

अमेरिकाको क्यालिफोर्नियामा फुटबल म्याच भइरहँदा फाइरिङ भएको छ।

क्यालिफोर्नियास्थित फ्रेस्नोमा फुटबल म्याच देखाइरहँदा भएको फाइरिङमा परी ४ जनाको मृत्यु भएको बताइएको छ। घटनाको पुष्टि गर्दै फ्रेस्नो प्रहरीले ४ जनाको मृत्यु समाचार संस्था सीएनएनले जनाएको छ।

फ्रेस्नो प्रहरीका प्रवक्ता बिल डोलेलीका अनुसार फुटबल म्याच भइरहेको समयमा एक स्थानीय व्यक्तिले आफ्ना साथी र आफन्तलाई एक ठाउँ भेला परेका थिए। सोही समयमा अज्ञात व्यक्तिले त्यहाँ पुगेर फाइरिङ सुरु गरेका थिए।

घटनास्थल पुगेर प्रहरीले घरको पछिल्तिर ४ शव निकालेको थियो। त्यस्तै फाइरिङमा परी घाइते भएकाहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ।

सीसीटिभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्