महिनावारी भएको बेला गर्भ बस्छ कि बस्दैन? भ्रम वा यथार्थ जान्नुहोस्…



०२ कार्तिक २०७६, काठमाडौं

कतिपयः मानिसलाई शारीरिक सम्पर्कपछि गर्भ रहन्छ वा रहन्न भन्नेबारे जानकारी नहुन सक्छ।

केहीले महिनावारी भएलगत्तै शारीरिक सम्पर्क हुँदा गर्भ नरहने बताउँछन् भने केहीले पहिलो यौन सम्पर्कमा गर्भ बस्दैन भन्छन्। तर यसमा के कति सत्यता छ? गर्भ सम्बन्धिको सात तथ्य यस्ता छन्। जसमा कति यथार्थ छ वा कति भ्रम।

भ्रम र यर्थाथः

–महिनावारी भएको बेला शारीरिक सम्बन्ध राख्दा गर्भ रहँदैन भन्नु भ्रम हो। किनकी शुक्राणु सात दिनसम्म पनि सक्रिय हुन्छन्। जसका कारण न्यून भएपनि गर्भ रहने सम्भावना रहन्छ।

–प्रथम पटक शारीरिक सम्बन्ध राख्दा गर्भ रहँदैन भन्नु पनि भ्रम मात्र हो।

–महिनावारी नहुँदै शारीरिक सम्पर्क राख्दा गर्भ रहँदैन भन्नु पनि भ्रम हो। किनकी महिनावारी हुनका लागि यदि पहिलो अण्ड सक्रिय भएको छ भने गर्भ रहन सक्छ।

–शारीरिक सम्बन्ध भएपछि तत्काल नुहाउँदा गर्भ रहँदैन भन्नु पनि भ्रम हो। नुहाउनु र गर्भको कुनै सम्बन्ध हुँदैन।

–शारीरिक सम्पर्क भए लगतै पिसाब फेर्दा गर्भ रहँदैन भन्नु पनि गलत हुन्छ। पिसाब आउने र शुक्राणु रहने भाग योनीमा अलग–अलग हुन्छ।

–शारीरिक सम्पर्क भएपछि केहीबेर उभिदा, हिँड्दा वा टुक्क्रुक्क बस्दा पनि गर्भ रहँदैन भन्नु भ्रम हो। यस्तो अवस्थामा शुक्राणु योनी बाहिर आएपनि सबै शुक्राणु निस्कने सम्भावना अति नै न्यून हुन्छ।

–पानीमा यौन गर्दा वा यौन सम्पर्कपछि पानीमा बस्दा पनि गर्भ रहँदैन भन्नु भ्रम हो। अण्ड र शुक्राणुको सम्पर्क भएपछि गर्भ रहन्छ।

प्रतिक्रिया दिनुहोस्