[भिडियो]नाइट क्लबमा पूर्वराजाको डान्स



०२ मंसिर २०७६, काठमाडौं

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काठमाडौंको एक नाइट क्लबमा गएर नाँचेका छन्।

ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी)मा पत्नी कोमल शाह, बुहारी हिमानी छोरीहरूका साथ पुगेर रमाइलो गरेको फोटो तथा भिडियो बाहिरिएका हो।

भिडियो तथा फोटोमा ज्ञानेन्द्र कोट खोलेर विदेशी तथा स्वदेशी ग्राहकसँगसँगै नाँचेको देखिएको छ। पूर्व राजाको साथमा हिमानी शाह पनि त्यही डान्स पार्टीमा सहभागी भई ससुरालाई साथ दिएकी छिन्।

एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ। शाहको डान्स हेर्न नायिका रिमा विश्वकर्मा, केकी अधिकारीलगायतका नायिका पनि क्लबमा देखिएका थिए।

उनले नाँचगान सकेर त्यहाँ उपस्थितसँग सेल्फी पनि खिचेका थिए।

प्रतिक्रिया दिनुहोस्