यसकारण महिलाहरु टाढिन्छन् पुरुषबाट



०१ मंसिर २०७६, काठमाडौं

हरेक महिलाहरुलाई केयर अर्थात वास्ता नगर्ने पुरुष मन पर्दैन। किनकि सबै महिलाहरुलाई केयर गर्ने पुरुष नै मन पर्छ। पुरुषको केयरिङ गर्ने स्वभावले महिलालाई उनीहरूतर्फ बिस्तारै–बिस्तारै आर्कषित हुँदै जान्छन्।

तर कतिपयः पुरुषले महिलाहरूको केयर गर्दैनन्। बेवास्ता गर्दछन् भने यस्ता पुरुषबाट महिलाहरू पनि टाढा रहने गर्दछ।

आफ्नै तारिफ गर्ने पुरुषः

कतिपयः पुरुष आफ्नै मात्रै तारिफ गरिहेको हुन्छ। त्यस्ता पुरुष महिलाहरुले पटक्कै मन पराउँदैनन्। यस कारण यस्ता पुरुषबाट महिलाहरु टाढा हुन पुग्छन्।

फ्लर्ट गर्ने पुरुषः

यदि पुरुषहरूले जो सुकै महिलालाई देखेर उनीहरूसँग फ्लर्ट गर्न सुरु गर्छन् भने यस्ता पुरुषबाट पनि महिला टाढा हुने गर्दछन्।

सधैँ प्रश्न गर्ने पुरुषः

कतिपयः पुरुषले आफ्नी प्रेमिकालाई कति बजे गएको, कहाँ गएको? कहाँ गएको? कोसँग गएको? किन गएको? यस्तै कुराहरुमा प्रतिबन्ध लगाउछ भने पनि महिलाहरुलाई त्यस्तो पुरुषबाट टाढिन्छन्।

पुरुष मित्रसँग ईष्र्या गर्ने पुरुषः

यदि कुनै पुरुषले आफ्नो प्रेमिकालाई उसको पुरुष मित्रसँग बोल्न दिदैन् र ईष्र्या गर्ने गर्दछन् भने त्यस्ता पुरुषहरुबाट टाढै बस्न चहान्छन् महिलाहरु।

प्रतिक्रिया दिनुहोस्