पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शनः २ को मृत्यु



०१ मंसिर २०७६, काठमाडौं

इरानमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको घोषणासँगै भएको बिरोध प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको छ।

राजधानी तेहरानलगायत शिरजान शहरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले पेट्रोल डिपोमा आगजनी गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो।

झडपकै क्रममा दुई प्रदर्शनकारीको मृत्यु भएको हो। अमेरिकाले आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा रोक लगाएपछि इरानमा आर्थिक संकट चुलिएको छ।

इरान सरकारले हरेक महिना ६० लिटरसम्म पेट्रोल खरिद गरेमा ५० प्रतिशत र सो भन्दा माथि जतिसुकै पेट्रोल खरिद गरेमा ३ सय प्रतिशत मूल्य बढाउने निर्णय गरेपछि जनता सडकमा उत्रिएका हुन्।

सरकारको यही निर्णय विरुद्ध भएको प्रदर्शनका क्रममा सवारी आवागमन ठप्प हुनुका साथै हवाई उडान समेत प्रभावित बनेको छ। यसैबीच इरानका राष्ट्रपति हसन रुहानीले देश आर्थिक संकटमा परेकाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्न सरकार बाध्य भएको बताएका छन्।

विरोध प्रदर्शनले इरानमा आगामी फेब्रुअरीमा हुन लागेको संसदीय चुनाव समेत प्रभावित हुने अनुमान गरिएको छ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्