नेकपा सचिवालय बैठक बस्दै, यी विषयमा छलफल हुँदै



०१ मंसिर २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आइतबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ग्राण्डी अस्पतालमा तेस्रो पटक शनिबार डायलासिस गरेपछि आइतबार चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले बताए।

आइतबारको बैठकमा नेकपामा प्रवास कमिटि केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूले अझै पूर्णता दिने बिषयमा छलफल हुने सम्भवाना रहेको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्