बेलायती सेनालाई आम नागरिकको हत्या गरेको आरोप



०१ मंसिर २०७६, काठमाडौं

बेलायती सेनाले युद्धका क्रममा अफगानिस्तान र इराकमा आम नागरिकको हत्या गरेको आरोप लगाइएको छ।

बीबीसीले गरेको एक अनुसन्धानमा युद्ध अपराधसम्बन्धी नयाँ तथ्य फेला परेको उल्लेख छ। विभिन्न बेलायती जासुसहरुसँग गरिएको कुराकानीमा युद्धका बेला आम नागरिकको हत्या भएको पुष्टि भएको बताइएको छ।

तर बेलायती रक्षा मन्त्रालयले भने उक्त अनुसन्धानको खण्डन गरेको छ। मन्त्रालयले युद्धका बेला कुनै गैह्रकानूनी काम नगरेकाले आफ्ना सैनिकहरुलाई कारबाही गर्न नपर्ने स्पष्ट पारेको छ।

बीबीसीले भने अनुसन्धानका क्रममा भेटिएका प्रमाणका आधारमा ती सैनिक अधिकारीहरुलाई युद्ध अपराधमा मुद्धा चलाउन सकिने प्रशस्त प्रमाण रहेको उल्लेख गरेको छ।

सन् २००३ मा बेलायती सेनाले इराकको बसरामा गस्तीका क्रममा जथाभावी गोली चलाएको आरोप लगाइएको छ।एजेन्सी

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्