बालबालिकाको आँखामा एलर्जी भयो भने यसो गर्नुहोस्…..



०१ मंसिर २०७६, काठमाडौं

बालबालिका भनेको निकै नै संवेदनशिल हुन्छन्। त्यसमा पनि पाँच वर्षसम्मका उमेर समूहका बालबालिकामा कुनैपनि समस्या भएमा सहजै भन्न नसक्नेपनि हुन्छन्। तिनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिइएन भने ठूलो समस्याको सामना गर्नुपर्ने हुन सक्छ।

बच्चाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिनेमा आँखाको एलर्जी पनि एक हो। बच्चाहरुमा एलर्जीका कोषिकाहरु धेरै हुने भएकाले यो उमेर समूहका बालबालिकामा एलर्जी देखिने गरेको हुन्छ।

सबैभन्दा बढी गर्मी त्यसपछि जाडो मौसममा पनि बालबालिकाका आँखामा एलर्जी देखिन्छ। यो उमेर समूहका बालबालिकामा हरेक वर्ष पनि आँखामा एलर्जी देखिन सक्छ। बच्चाहरुमा एलर्जीका कोषिकाहरु धेरै हुन्छन्, त्यसैले खासै आत्तिनु पर्दैन। आँखामा एलर्जी भएपछि संयम भने अपनाउनुपर्छ।

बालबालिकामा एलर्जी भए के ग र्ने त? जुन बिषयमा चिकित्सकहरु यसो भन्छन्ः

–यो उमेर समूहका बालबालिकामा एलर्जीका कोषिकाहरु धेरै हुने भएकाले एलर्जीले सताइरहन्छ।

–आँखामा एलर्जी हुँदा आँखा रातो हुने, आँखा धमिलो हुने, आँखाको डिल सुनिने, आँखाबाट सेतो पदार्थ निस्कने जस्ता समस्या देखिए चिकित्सककहाँ जानुहोस्।

–यस्तो बेला घाम र धूलोमा हिंड्नुहुँदैन्। घाम र धूलोमा केमिकल बढी हुने भएकाले आँखाको संक्रमण बढ्ने खतरा बढी हुन्छ। धूलो र घामले एलर्जी बढाउँछ।

–एलर्जी कम गर्ने औषधिको प्रयोग गर्नुपर्छ।

–चिकित्सकको सल्लाहअनुसार औषधी लगाएपछि एलर्जी चाँडै सञ्चो हुन्छ।

–बाहिर हिड्दा आँखाको सुरक्षाका लागि चस्माको प्रयोग गर्न सकिन्छ। जसले गर्दा कीटाणु सीधै आँखामा छिर्न पाउँदैनन्।

–जाडो मौसममा पनि आँखामा चिसो हुने भएकाले ध्यान दिनुपर्छ। चिसोले गर्दापनि आँखाबाट आशु आइराख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन सक्छ। समस्या झन् बढ्यो भने चिकित्सकसँग परामर्श गर्नुपर्छ।

–बाहिर गएर आएपछि साबुन पानीले हात राम्रोसँग धुनुपर्छ। दिनको तीनपटक आँखा सफा पानीले बिस्तारै धुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्