बम विस्फोटः ६ को मृत्यु, ३० घाइते



३० कार्तिक २०७६, काठमाडौं

इराकको राजधानी बग्दादनजिकै भएको बम विस्फोट परी कम्तीमा छ जनाको मृत्यु भएको छ।

घटनामा परी अन्य ३० जना घाइते भएका गृह मन्त्रालय स्रोतले जनाएको छ। कारले छेकिनेगरी राखिएको बम विस्फोटन भएको बताइएको छ।

भिडभाडबीच शुक्रबार राति अबेर बम विस्फोट भएको हो। प्रदर्शनकारीहरुको मुख्य केन्द्र मानिने तार्हिर स्क्वायरनजिकै घटना भएको हो।

ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई लक्षित गरी बम विस्फोटन गराइएको हुन सक्ने अनुमान गरिएको छ। तार्हिर स्क्वायरमा लामो समयदेखि प्रदर्शन हुँदै आएको छ।

उनीहरुले देशको शासन व्यवस्थामा पुनर्संरचना हुनु पर्ने, भ्रष्टाचार न्यूनीकरण गर्नु पर्ने, उत्तरदायी हुनु पर्ने, सार्वजनिक सेवामा सुधार हुनु पर्ने, रोजगारी सृजना गरी बेरोजगारी हटाउनु पर्ने लगायतका माग राख्दै आएका छन्।

सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्