[भिडियो]यो हो, ५०० वर्ष पुरानो ब्राजिलियन मार्सल आर्ट‘कापोएरा’!



३० कार्तिक २०७६, काठमाडौं

‘कापोएरा’ ब्राजिलको मार्सल आर्ट हो।

ब्राजिलको पुरानो खेलमध्ये एक ‘कापोएरा’को त्यहाँ राष्ट्रियस्तरको प्रतिस्पर्धा नै हुने गर्छ। समुद्रपारीको यो खेलमा विगत ३ वर्षदेखि नेपाली बालबालिकाहरु पनि रम्ने गर्दछन्।

उपनिवेशसँग जोडिएको यो खेल नेपालमा ल्याएर स्कूल तहका बालबालिकालाई सिकाएका हुन्, सुरोज लामाले। नेपाली मूलका बेलायती नागरिक लामा तीन वर्षदेखि नेपाली बालबालिकालाई ‘कापोएरा’ सिकाइरहेका छन्।

५०० वर्ष पुरानो यो खेल गीत गाउँदै, बाजा बजाउँदै खेलिन्छ।

उपनिवेश विस्तारका क्रममा पोर्चुगल अफ्रिका पुग्यो। त्यहाँ कयौं अफ्रिकीहरूलाई दास बनाइए। उनीहरूलाई अफ्रिकादेखि ब्राजिल पुर्‍याइयो। अफ्रिकीहरूले आफ्नो संस्कृति छोड्न सकेनन्। लुकीलुकी नाँच्ने अनि गाउने गर्न थाले। त्यसपश्चात् यसै क्रममा जन्मियो ‘कापोएरा’।

प्रशिक्षक लामाले यसबारे आफूले अध्ययन/अनुसन्धानसमेत गरेका बताउँछन्। ‘सुरुमा खेल्नका लागि मालिकबाट लुक्नुपर्ने भएपछि नृत्यमा परिवर्तन गरी मार्सल आर्ट खेल्न थालियो।’ प्रशिक्षक लामा सुनाउँछन्।

‘कापोएरा’बाटोमा, घरमा, कक्षाकोठामा तथा अन्य यस्तै ठाउँहरुमा खेल्न सकिन्छ। ‘कापोएरा’को लागि बाजा अनिवार्य छ। यसले खेलाडीलाई आत्मिक तथा भौतिक रुपमा समेत तन्तुरुस्त राख्दछ।

प्रशिक्षक लामाले काठमाडौंको विभिन्न विद्यालय तथा अनाथलयहरुमा प्रशिक्षण गर्ने गर्छन्।

यसरी खेलाइन्छ ‘कापोएरा’

काठमाडौंका विभिन्न विद्यालय तथा अनाथलयहरुमा तीन वर्षदेखि संचालनमा आएको ‘कापोएरा’ले यस वर्ष आफ्नो दोश्रो फेष्टिवल मनाएको छ।

‘वर्क हार्ड, प्ले हार्ड’भन्ने मूल नाराका साथ खेलिने यो खेलले खेलाडी(विशेषगरीः बालबालिका)हरुलाई आफू शारीरिक, मानसिक र आत्मिक तवरमा समेत  तन्दुरुस्त राख्न मद्दत गर्ने प्रशिक्षक सुरोज लामा बताउँछन्।

सम्मान ग्रहण गर्दै ‘कापोएरा’प्रशिक्षक सुरोज लामा।

यस्तै, सुरोजले फर्पिङस्थित जीवन उत्थान बाल गृहका ४० बालबालिकाहरुलाई समेत नियमित ‘कापोएरा’खेलाउँछन्।

‘कापोएरा’बारे बोल्दै जीवन उत्थान बाल गृहकी संचालिका तामाङः

जीवन उत्थान बाल गृहकी संचालिका बीमायाँ तामाङले आफूले ‘कापोएरा’नखेलेको भएपनि यसको महत्वबारे भने राम्रोसँग बुझेको बताउँछन्।

‘मेरो छोराछोरीहरुले जब कापोएरा खेल्न पाए, तब उनीहरुमा छुट्टै एक खालको इनर्जी देखिन थालिएको छ। यसका साथै उनीहरुमा एक खालको तन्दुरुस्तता पनि देखियो।’ उनी भन्छिन्।

यस्तै ‘कापोएरा’को दोश्रो फेष्टिवलमा उपस्थित भएकी नेपालका लागि ब्राजिलियन राजदूत मारिया तेरेसाले ‘कापोएरा’नेपालमा देख्दा औधी खुशी लागेको बताइन्।

आफ्नो कुरा राख्दै नेपालका लागि ब्राजिलियन राजदूत मारियो तेरेसाः

प्रतिक्रिया दिनुहोस्