सचिन तेन्दुल्कर टियू मैदानमा(तस्वीरमा हेर्नुस्)



३० कार्तिक ३०७६, काठमाडौं

भारतीय क्रिकेटर सचिन तेन्दुल्कर कीर्तिपुरस्थित टियू मैदानमा नेपाली बालबालिकासँग क्रिकेट खेलिरहेका छन्।

शुक्रबार राति मुम्बईबाट काठमाडौं आएका तेन्दुल्कर टियू मैदानमा नेपालका पूर्व–कप्तान विनोद दासले नेतृत्व गरिरहेको बालबालिकाको टिमसँग सद्भाव खेल खेलिरहेका हुन्। खेल १० ओभरको हुनेछ।

बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल डाकेको हो। उनी युनिसेफका सद्भाव दूत हुन्।

तस्वीरःNepallive

प्रतिक्रिया दिनुहोस्