आलम नख्खु ल्याइए



३० कार्तिक २०७६, काठमाडौं

प्रहरीले सांसद मोहम्मद आफ्ताब आलमलाई ललितपुरस्थित नख्खु कारागार ल्याएको छ।

जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न पठाएको थियो। उनीमाथि करिब १२ वर्षअघि संविधानसभाको निर्वाचनलाई प्रभावित पर्ने गरी बम बनाउँदै गर्दा भएको विस्फोटका घाइतेलाई ज्यूँदै इँटाभट्टामा जलाएको आरोप लागेको छ।

सोही आरोपमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। उता आलमलाई सुरक्षाकै कारण उनलाई नख्खु कारागार ल्याइएको बताइएको छ। आलमलाई रौतहटमै राख्दा सुरक्षा समस्या हुने सम्भावना भएकाले काठामाडौं ल्याइएको बताइएको छ।

आलमलाई थुनामा पठाउने न्यायाधीश र बहस गर्ने सरकारी वकिल पनि सुरक्षाका कारण रौतहट छाडेको समाचारहरु प्रकाशित भएका छन्। यसअघि पनि पीडित पक्षका वकिलले रौतहटमा पीडितको पक्षमा आफूहरुले बहस गर्दैगर्दा भयभित हुनुपरेको बताएका थिए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्