किन दुख्छ गर्भावस्थामा ढाड? यसबाट बच्न यसो गर्नुहोस्…..



२९ कार्तिक २०७६, काठमाडौं

महिलाका लागि गर्भावस्था संवेदनशील समय हो। यो अवस्थामा अन्य सामान्यः अवस्थामा भन्दा बढी स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन्।

जसले गर्दा गर्भवतीको ज्यानै खतरामा पर्ने सम्भावना हुन्छ। गर्भावस्थामा देखिने प्रमुख समस्या मध्ये ढाड दुखाई पनि एक हो।

गर्भावस्थामा ढाड दुख्नुको कारण, र यसबाट कसरी बच्ने?

जुन बिषयलाई लिएर हामी तपाईँहरुलाई यो जानकारी दिदैछौंः

करिब ५० प्रतिशत गर्भवतीमा ढाड दुख्ने समस्या हुने गरेको विभिन्न अध्ययन अनुसन्धानले खुलाएको छ।

कतिपय गर्भवतीलाई सामान्यः रुपमा ढाड दुखाई हुन्छ भने कतिपयलाई अत्ति नै पिडा भएको हामी देख्छौं।

यसकारण दूख्छ गर्भावस्थामा ढाडः

–गर्भवतीको तौल बढी मात्रामा हुनु

–क्याल्सियम, आइरनको कमी हुनु

–गर्भावतीको शारीरिक संरचनामा परिवर्तन आउनु

–धेरै समय सुत्नु

–पेटको आकार बढ्नु, पेटको गोलाईको तालमेल नमिल्दा यसको असर ढाडमा पर्छ र दुख्छ।

–पोस्चर नमिल्नु

गर्भावस्थामा आमाको मात्र नभएर पेटमा रहेको बच्चाको समेत उत्तिकै ख्याल गर्नु जरुरी हुन्छ। सामान्यतयः यो अवस्थामा देखिएका सामस्या बच्चा जन्मिएसँगै आफै बिस्तारै हटेर जान्छ।

तर कतिपयः महिलाको यो समस्या पछि सम्मै पनि रहन सक्ने सम्भावना हुन्छ।

यस्तो समस्याबाट बच्नका लागि यी उपाय अपनाउनुहोस्ः

–चिकित्सकको सल्लाह बमोजिम आवश्यक क्याल्सियम र आइरन खानुहोस्।

–पौष्टिक आहारयुक्त सन्तुलित खाना खाने गर्नुहोस्।

–पोस्चर मिलाएर बस्नुहोस्।

–शरिरको एक खुट्टा वा कुनै एक अंगमा मात्र बढी भार पर्ने काम गर्नु हुँदैन।

–निहुरिएर काम गर्दा घुँडा खुम्चाएर मात्र निहुरिने गर्नुहोस्।

–सुत्दा वा बस्दा बच्चालाई असर नगर्ने गरि बस्ने गर्नुहोस्।

–धेरै बेर उभिने, सुत्ने वा हिडडुल गर्न हुँदैन।

–शरिरलाई बढी बल पर्ने काम गर्नुहुँदैन।

–हल्का शारीरिक कसरत गर्नुहोस्।

–दुखाई बढी भए स्वास्थ परीक्षण गराउनुहोस्।

प्रतिक्रिया दिनुहोस्