अत्याधिक हिमपातका कारण फ्रान्समा एकको मृत्यु, तीन लाख घर विद्युतविहिन



२९ कार्तिक २०७६, फ्रान्स

अत्याधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक जनाको मृत्यु भएको छ ।

हिमपातकै कारण अरु तीन लाखभन्दा बढी स्थानीय घरमा विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

रेल तथा सडक ट्राफिकले दिएको जानकारीअनुसार ६३ बर्षीया पुरुषको बिहीबार बेलुका निधन भएको हो । बाटोमा ढलेको रुख र हिउँ हटाउने क्रममा अर्को रुख ढलेर किच्दा ती बृद्धको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

हिउँका कारण बाटो पनि अवरुद्ध भएको र बाटोबाट हिउँ हटाउने काम पनि भइरहेको समाचारमा जनाइएको छ ।

एक सरकारी अधिकारीले भने, “यस क्षेत्रका झण्डै तीन लाख घरमा शुक्रबार विद्युत सेवा अवरुद्ध भएको छ ।”

विषेशगरेर ड्रोम, अर्डेच, इसेर, ल्योन र ग्रेनोबललगायतका क्षेत्रमा हिमपातका कारण बढी असर परेको र विद्युत सेवा अवरुद्ध भएको एक जना प्रवक्ताले बताएका छन् ।

हिमपातका कारण यसरी ठूलो क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको यो अपवादको घटना भएको अधिकारीहरुको भनाई छ ।

प्रवक्ता रोबिन डेभोगेलेइरले भन्नुभयो, “हिउँका कारण विद्युत प्रवाहमा समस्या भएकाले विद्युत सेवा अवरुद्ध भएको हो ।”त्यस क्षेत्रमा झण्डै एक फिटसम्म हिउँ जमेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्