प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा



२९ कार्तिक २०७६, काठमाडौैं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रेस सल्लाहकारमा नेकपा केन्द्रीय सदस्य सूर्य थापालाई नियुक्तीको तयारी गरेका छन्।

अनौपचारिक छलफलपछि थापालाई नियुक्तीको तयारीमा प्रधानमन्त्री जुटेका हुन्। नेकपाको प्रचार विभागको उपप्रमुखसमेत रहेका थापाले अनौपचारिक रुपमा काम थालेको स्रोतले जनाएको छ।

अबको मन्त्रिपरिषद् बैठकबाट थापा औपचारिक रुपमा प्रधानमन्त्रीको प्रेस सल्लाहकार बन्नेछन्। उनी झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार बनेका थिए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्