बिहान उठ्ने बित्तिकै मोबाइल नचलाउन विज्ञहरुको सुझाव



२९ कार्तिक २०७६, काठमाडौं

परिवर्तित समयसँगै दिन–प्रतिदिन मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ। हरेक समय हामी फोन प्रयोग गरिरहेका हुन्छौँ।

मोबाइलसँग यति जोडिएका छौं कि रातमा सुत्नु अघिसम्म मोबाइल स्क्रिनमै हराउने र बिहान उठ्नासाथै फोन मात्रै देख्नेसम्म समेत भइसकेका छौं।

यसकारणका कि, हामी ब्युँझने बित्तिकै फोन चलाउने हाम्रो बानी परिसकेको छ।

एक अध्ययनका अनुसार, यसरी बिहान उठ्नासाथ मोबाइल चलाउँदा हाम्रो शरिरमा विभिन्न प्रकारका असरहरु उत्पन्न हुन्छन्।

पछिल्लो समय बेलायतमा करीब दुई हजार व्यक्तिमा गरिएको सर्वेक्षणबाट बिहान उठे लगत्तै मोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको दिनको शुरुआत तनावबाट हुने पाइएको छ। जसका कारण उनीहरुलाई आफ्नो नियमित काम गर्न असहज हुन्छ।

विज्ञहरुका अनुसार, उठ्ने बित्तिकै जब हामी मोबाइलको नोटिफिकेशन देख्छौँ। मस्तिष्कले त्यही बिषयमा सोच्न थाल्छ। जसको कारण हाम्रो ध्यान दोस्रो काममा जाँदैन। त्यसले हाम्रो कार्यक्षमतामा असर पुर्‍याउँछ।

बिहान उठ्नासाथ जब हामी कुनै विषयमा सोच्छौं, लगातार त्यसबारे सोच्दा हामीलाई तनाव र व्याकुलता हुन थाल्छ। बिहान कतिपय व्यक्तिको रक्तचाप बढेको अवस्थामा हुन्छ, यस्तोमा धेरै तनाव लिदा रक्तचाप थप बढ्न सक्छ। जसका कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ।

बिहान मोबाइल चलाउँदा हामी सामान्यतयः इमेल वा सोसल मिडियाको नोटिफिकेशनमै आँखा लगाइरहेका हुन्छौँ। त्यस क्रममा हामी बितेका समयका कुरा पढिरहेका हुन्छौँ।

विज्ञहरु बिहान उठे लगत्तै मोबाइल फोन नचलाउन सुझाव दिन्छन्। तपाईँ दिनको शुरुवात योग वा ध्यानबाट गर्न सक्नुहुन्छ। त्यसले मन र मस्तिष्कमा शान्ती र ऊर्जा भर्छ।

त्यसैले, तपाईँ आफ्नो दैनिक काम प्रभावकारी ढंगले गर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्