बंगलादेशी राष्ट्रपति स्वदेश फर्कदैं



२९ कार्तिक २०७६, काठमाडौं

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने नेपालको राजकीय भ्रमण सकेर शुक्रबार(आज) स्वदेश फर्कदैं छन्।

बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत मंगलबार काठमाडौं आइपुगेका राष्ट्रपति हमिद शुक्रबार स्वदेश फर्किनुअघि चन्द्रागिरी र पाटन दरवारस्क्वायरको भ्रमण गर्ने कार्यतालिका छ।

बिहीबार पोखरा घुम्न गएका राष्ट्रपति हमिद बुधबार उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहेका थिए। उनले समकक्षी विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अन्य दलका नेताहरुसँग भेटवार्ता गरेका थिए।

राष्ट्रपति हमिद आज अपरान्ह साढे चार बजे स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्