देशको अर्थतन्त्रको आकार मापनको आधार वर्ष परिवर्तन गरिने



२९ कार्तिक २०७६, काठमाडौं

देशको अर्थतन्त्रको आकार मापनको आधार वर्ष परिवर्तन गरिने भएको छ । कुल गार्हस्थ्य उत्पादनका लागि हाल कायम गरिएको आर्थिक वर्ष २०५७/५८ को आधारमा अर्थतन्त्रको वास्तविक आकार आउन नसकेको निष्कर्ष निकाल्दै आधार वर्ष फेर्ने विषयमा छलफल अगाडि बढेको हो ।

अहिलेको आधार वर्ष अलि पुरानो भएको र त्यसले अर्थतन्त्रका सबै विषय समेट्न नसकेकोले परिवर्तन गर्ने विषयमा छलफल जारी रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले गोरखापत्रलाई बताए

हाल कायम आधार वर्षलाई परिवर्तन गरेर कुनै साधारण वर्षलाई आधार मान्ने दिशातर्फ छलफल भइरहेको पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

आर्थिक बर्ष २०६७/६८ अथवा यस्तै साधारण वर्षलाई आधार वर्ष बनाउने कि भन्ने विषयमा कुरा भइरहेको छ, उनले भने । अर्थतन्त्रमा विकसित पछिल्ला उपलब्धिलाई समेट्ने गरी आधार वर्ष तयार हुने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्