पोखरेली मतदाताको भरोसा टुट्न दिन्नः रजनी केसी



२७ कार्तिक २०७६, काठमाडौं

साझा पार्टीका तर्फबाट कास्की क्षेत्र नं २ की उम्मेदवार रजनी केसीले आफूले पोखरेलीहरुको भरोसा टुट्न नदिने बताएकी छिन्।

चुनावी घरदैलो अभियानका क्रममा बुधबार पोखरा महानगरपालिकाको वडा नं ९ का मतदातासँग भेट्दै केसीले आफूले सांसद पदको गरिमा बुझेको र त्यो गरिमा कायम राख्न नागरिकको भरोसा टुट्न नदिनेमा आफू प्रतिवद्ध रहेको बताएकी हुन्।

घरदैलोका क्रममा पोखराका मतदाता एकदमै सचेत पाएको भन्दै केसीले यसपटकको उपनिर्वाचनमा ब्यालेट बक्स आफ्नो चुनाव चिन्ह तराजुले भरिने दाबीसमेत गरिन।

घरदैलोका क्रममा नागरिकहरु परम्परागत राजनीतिक दलहरुबाट आजित भएको आफूले पाएको केसीले बताइन्। विकृति र विसंगतिले भरिएको पुरानो राजनीतिको परिभाषा बदल्ने राजनीतिक शक्ति आम नागरिकले खोजेको भन्दै केसीले यसपटक पोखरेली मतदाताले साझा पार्टीलाई नै विजय गराउने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्