सडक दुर्घटनामा १९ को मृत्यु



२७ कार्तिक २०७६, काठमाडौं

पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य २५ जनाभन्दा बढी घाइते भएका छन्। पेरु प्रहरीका अनुसार उक्त बस पहाडी राजमार्गको सडकबाट करिब ३०० मिटर तल नदीमा खसेको थियो।

प्रहरी अधिकारी लुइज कोन्भेनासले बाक्लो हुस्सुका कारण बस दुर्घटना भएको हुनसक्ने बताए। घाइतेहरुको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको पनि उनले बताए।

प्रहरीका अनुसार उक्त बस कालान्काबाट त्रुजिलोतर्फ गइरहेको थियो। पेरुमा एन्डिज पर्वतमालामा बारम्बार सडक दुर्घटना हुने गरेका छन्। यो भूभाग समुद्री सतहबाट दुई हजारदेखि तीन हजार मिटर उचाईमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्