महिलालाई सताउने यी डर लाग्ने रोगको बिषयमा जान्नुहोस्



२७ कार्तिक २०७६, काठमाडौं

प्राकृतिक रुपमै महिला र पुरुष शारीरिक रुपमा फरक हुन्छन्। पुरुषको तुलनामा महिलालाई बढि रोगहरुले सताउने गर्दछन्। महिलाहरुलाई प्रजनन् रोगहरुले गाजेको हुन्छन्। महिलाहरु महिनावरी र बच्चा जन्माउने भएकै कारण प्रजनन् अंगहरुमा बढीमात्रामा रोग लाग्ने गर्दछ।

पाठेघरको क्यान्सर वा प्रजनन् सम्बन्धी कुनैपनि समस्याले महिलालाई मात्र सताउने गर्छ। यसरी रोग पनि महिला वा पुरुषमध्ये एकलाई बढी सताउने किसिमका हुन्छन्।

अन्ततः यहाँ महिलालाई बढी सताउने रोगबारे हामी चर्चा गर्न गईरहेका छौं। जस्तो कि मुटु रोग, स्तन क्यान्सर, ओस्टियोपोरोसिस, तनाव तथा अटो इम्युन डिजिज।

पाठेघरको मुखको क्यान्सर

पाठेघर महिलाहरुको प्रजनन् सम्बन्धित एक प्रमूख अङ्ग हो। यो पेटको तल्लो भागमा रहेको हुन्छ। पाठेघरको मुखलाई सर्भिक्स भनिन्छ।

पाठेघरको मुखको क्यान्सर महिलाहरुमा लाग्ने मध्ये सबै भन्दा प्रमूख क्यान्सर पनि हो।

नेपाल महिलाहरुमा सबैभन्दा बढि हुने क्यान्सर पनि पाठेघरको मुखको क्यान्सर नै हो। यो रोग प्रायः जसो ३४–३९र ६०–६४ वर्ष उमेर समुहका महिलाहरुमा बढी देखिएको छ।

महिलाहरुमा हुने क्यान्सर मध्ये यो एउटै मात्र क्यमन्सर हो। जसलाई अगाडि नै पत्ता लगाउन सकिन्छ।

स्तन क्यान्सर

स्तन क्यान्सर महिलाहरुमा हुने क्यान्सर मध्येमा एक प्रमूख क्यान्सर हो। स्तनमा रहेका सामान्यः कोषहरुले आफ्नो चरित्रमा परिवर्तन गरेर अनियन्त्रित रुपले वृद्धि हुन थाले भने स्तन क्यान्सरको जन्म हुन्छ।

विश्वमा फोक्सोको क्यान्सर पछि स्तन क्यान्सर नै क्यान्सर बाट हुने मृत्युको मुख्य कारक बनेको छ। हरेक वर्ष झण्डै दश लाख महिलाहरु स्तन क्यान्सरबाट पीडित भएको तथ्यांकले खुलाएको छ। यो साधारतयाः स्तनमा गाँठोको रुपमा देखा पर्छ।

नेपालमा करिब चार प्रतिशत पुरुषमा मात्र स्तन क्यान्सरको समस्या देखिएको छ। तर जनचेतनाको कमी तथा भयका कारण महिलाहरु महिलाहरु स्तन क्यान्सरको जाँचको लागि समयमै अस्पताल जाँदैनन्।

ओस्टियोपोरोसिस

ओस्टियोपोरोसिस रोग बढी मात्रामा महिला र जेष्ठ नागरिकलालाई लाग्ने गरेको पाईन्छ। महिलाहरुमा चालिस वर्षको उमेर पछि ओस्टियोपोरोसिस रोग देखिन सुरु गर्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, मु्टु रोग पश्चात्त ओस्टियोपोसिस विश्वकै ठूलो स्वास्थ्य समस्या हो।ओेस्टियोपोसिस भएमा हड्डी कमजोर भई भाँचिन सक्ने सम्भावना समेत हुन्छ।

यसले हड्डीलाई यति धेरै कमजोर बनाइदिन्छ कि साधारण चोटपटक लागेमा पनि हड्डी भाँचिने सम्भावना उच्च हुन्छ।

ओस्टियोपोरोसिसले महिला र पुरुष दुवैलाई प्रभावित पार्न सक्छ। तर रजनोवृत्ति भएका महिलालाई ओस्टियोपोरोसिसको सम्भावना अत्याधिक हुने गर्छ।

तनाव

पुरुषको तुलनामा भन्दा महिलाहरुमा मानसिक समस्या बढि हुने गर्दछ। प्रत्येक वर्ष करिब १२ करोड महिला तनावको शिकार बनेका छन्।

हर्मोन सम्बन्धि बदलावका कारण पनि महिलाहरुमा तनाव उत्पन्न हुनसक्छ। त्यस्तै, सामाजिक र मानसिक कारणले पनि मानिसलाई तनाव हुनसक्छ।

अत्याधिक तनाव भएमा मानिस अस्वस्थ हुहुन पुग्छ। यसले मानिसको वृद्धि विकासमै अवरोध खडा गर्न सक्छ। त्यसैले, तनावलाई कसरी नियन्त्रित गर्ने भन्ने कुरा व्यक्तिमा निर्भर गर्छ।

Businesswoman frustrated at desk

अटोइम्युन डिजिज

अटोइम्युन डिजिज त्यस्तो विरामी हो। जसले शरिरको इम्युन सिस्टमले शरिरलाई नै आक्रमण गरी शरिरका टिष्युलाई नष्ट पारिदिन्छ।

अटोइम्युन डिजिज भएमा यसले लुपस, मल्टिपल स्केलेरोसिस, अमधुमेह लगायत अस्सी भन्दा बढी प्रकारका घातक समस्या निम्त्याउने गर्छ। भनिन्छ, ७५ प्रतिशत भन्दा बढी अटोइम्यून रोग महिलामा पाइने गर्छ।

यद्यपी, यो रोगबारे अझै पनि धेरै महिला अनविज्ञ छन्। त्यसैले, यसको जोखिमबारे धेरैलाई जानकारी नहुन पनि सक्छ। किनकी यसको लक्षण खासै देखिदैन। यद्यपी, समयमै उपचार गरे यो रोगले निम्त्याउने अन्य रोगबाट सजिलै बच्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्