विपक्षी सिनेटर अनेजद्वारा बोलिभियाको अन्तरिम राष्ट्रपति भएको स्वघोषणा



२७ कार्तिक २०७६, काठमाडौं

दक्षिण अमेरिकी राष्ट्र बोलिभियाकी विपक्षी सिनेटर जीनाइन अनेजले आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छिन्।

निर्वाचनमा धाँधली भएको आरोपमा व्यापक विरोध प्रदर्शन भएपछि राष्ट्रपति इभो मोरालेजले गत आइतबार पदबाट राजीनामा दिएका थिए।

विपक्षी सिनेटरले आफूलाई राष्ट्रपति घोषणा गर्न आयोजित सिनेटको बैठक मोरालेजको पार्टीका विधायकहरुले बहिस्कार गरेका थिए। जीनाइन अनेजले आफैलाई राष्ट्रपति घोषणा गर्ने सिनेट बैठकमा कोरम पुगेको थिएन।

तर, ति सिनेटरले आफू संविधानअनुसार राष्ट्रपतिको दावेदार भएको जनाउँदै चाँडै निर्वाचन गराउने जनाएकी छिन्। सो घोषणालाई मोरालेजले भने आलोचना गरेका छन्।

आफ्नो जीवन असुरक्षा भएको भन्दै मोरालेज मेक्सिको शरणमा पुगेका छन्। मेक्सिको सिटी पुगेका मोरालेसले आफ्नो ज्यानमाथि नै गम्भीर जोखिम देखिएकाले राजनीतिक शरण लिन बाध्य भएको बताए।

प्रतिक्रिया दिनुहोस्