चौकीमा बम प्रहार गर्ने भारतीय नागरिक पक्राउ



२६ कार्तिक २०७६, काठमाडौं

रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार गर्ने एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

बम प्रहार गर्ने भारत मोतीहारीका चन्दनकुमार रामलाई पक्राउ गरिएको रौतहट प्रहरी चौकीले जनाएको छ।

नेपाल–भारत सीमानजिक इशनाथ गाउँपालिकाको मठियामा रहेको अस्थायी प्रहरी चौकीमा सुतली बम प्रहार हुँदा एक प्रहरी जवान सामान्य घाइते भएका छन्।

मंगलबार दिउँसो मोटरसाइकलमा आएका रामसहितको समूहले चौकीलाई लक्षित गरी बम प्रहार गरेको थियो।

प्रहरीले राम सवार बीआर ०५८–६५०९ नम्बरको हिरो डिलक्स मोटरसाइकल समेत बरामद गरेको छ।

सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्