महेन्द्र मोरङका विद्यार्थीद्वारा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन (फोटो फिचर)



२६ कात्तिक २०७६, काठमाडौं

महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । भारतले नेपाली भूमि मिचेर जारी गरेको नयाँ नक्साको विरोधमा उत्रिएका विद्यार्थीहरुले मोदीको पुत्ला दहन गरेका हुन् ।

विवेक आचार्यको संयोजकत्वमा भएको कार्यक्रममा महेन्द्र मोरङका विद्यार्थीले विराटनगर महानगरपालिकाको विभिन्न स्थान परिक्रमा गर्दै महेन्द्र मोरङ क्याम्पसमा पुगेर अन्त्य गरिएको थियो ।

प्रदर्शनमा अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेविसंघ, नयाँ शक्ति विद्यार्थी यूनियन लगायत अन्य विद्यार्थीसंगठनका साथै स्वतन्त्र विद्यार्थीहरुको समेत उल्लेखनिय सहभागिता रहेको थियो ।

विरोधमा उत्रिएका विद्यार्थीहरुले विद्यार्थी एकता जिन्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, गो ब्याक इन्डिया, कालापानी हाम्रो हो, मोदी सरकार मुर्दावाद भन्दै भारतविरुद्ध नाराबाजी गरेका थिए ।

प्रर्दशनका क्रममा विद्यार्थी नेताहरु नविन पहाडी, अभिमन्यु यादव, कमल पोखरेल, जस्वन्त पौडेललगायतका विद्यार्थीहरुले लिपुलेक लिम्पियाधुरा जस्ता नेपाली भू–भाग फिर्ता गराउन सम्पूर्ण नेपाली जनताहरु एकजुट हुनुपर्ने बताए । उनीहरुले सरकारले पहल नगरे सीमा रक्षाका लागि विद्यार्थी आन्दोलन देशैभरी फैलने समेत स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्