दुई रेल आपसमा ठोकिएः १५ को मृत्यु, दर्जनौं घाइते



२६ कार्तिक २०७६, काठमाडौं

बंगलादेशमा मंगलबार बिहान दुईवटा रेल आपसमा ठोकिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी अन्य दर्जनौं घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ। मंगलबार बिहान करिब ३ः०० बजेको समयमा उक्त दुर्घटना भएको बताइएको छ।

उदय एक्सप्रेसको रेल प्लेटफर्मतर्फ बढ्दैगर्दा अर्को रेलसँग ठोक्किएको अधिकारीहरुले बताएका छन्। त्यहाँका प्रहरी अधिकारीले घटनामा १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अधिकारीहरुले बताए।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताइएको त्यहाँको प्रहरीले जनाएको छ। स्थानीय सरकारका प्रवक्ताले घटनामा ४० जना घाइते भएको बताएका छन्।
यो घटना बंगलादेशको ब्राह्मणबरिया जिल्लाको हो।

प्रतिक्रिया दिनुहोस्