नुहाएपछि छाला फुस्रो हुन नदिनका लागि यी उपाय अपनाउनुहोस्



छाला शरिरको एउटा यस्तो पत्र (लेयर) हो। जसले शरिरलाई भित्री संक्रमण हुनबाट जोगाउँछ। कहिलेकाहीँ मौसम अनुसार या अन्य रोगका कारणले पनि छालामा विभिन्‍न समस्या उत्पन्न हुन्छन्।

जुन समस्याहरु मध्ये छाला फुस्रो हुनु पनि हो। जाडो मौसमको सुरुवातसँगै अधिकांश मानिसको छालामा फुस्रो हुने समस्या हुन्छ।

जुन फुस्रोपनबाट बच्नका लागि नुहाएपछि यस्तो उपायहरु अपनाउनुहोस्ः

तातो पानी प्रयोग नगर्नेः

तातो पानीले शरिरमा हुने प्राकृतिक तेल नाश गरेर छाला रुखो बनाउँछ। चिसो मौसममा पनि तातो पानी प्रयोग नगर्ने, स्टिम बाथ लिनु नै काफी हुन्छ।

पानीमा तेलको मिश्रणः

नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राम्रो हुन्छ। जसले छाला नरम बनाएर राख्छ।

बास्नादार साबुन नरोज्नेः

साबुन जति बास्नादार हुन्छ उति नै केमिकल मिसाइएको छ भन्ने जान्दा हुन्छ। केमिकलयुक्त साबुनले छाला रुखो बनाउँछ। साबुन प्रयोग नै गर्ने भए घ्युकुमारी र निमबाट बनेको रोज्नुहोस्।

हनी प्याकको प्रयोगः

मह छालाका लागि निकै नै उपयोगी चिज हो। मह र दहीको प्याक बनाएर पूरै शरिरमा लगाउने र सुकेपछि नुहाउँदा छाला रुखो बन्दैन। तीन हप्तामा एकपटक यसो गर्दा सकारात्मक परिणाम आउँछ।

मस्चराइजर लगाउनेः

छाला स्वस्थ राख्ने हो भने नुहाएलगत्तै मस्चराइजर लगाउनु जरुरी छ। नुहाएपछि पूरै शरिरमा मस्चराइजर गर्नुपर्छ। पहिलोपटक लगाएको एक घन्टापछि पनि छालामा रुखोपन देखियो भने दोस्रोपटक मस्चराइजर लगाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्