हङकङ प्रदर्शनः एक व्यक्तिलाई ज्यूँदै जलाइयो(भिडियो)



२५ कार्तिक २०७६, काठमाडौं

हङकङमा प्रदर्शनका क्रममा एक व्यक्तिलाई ज्यूँदै जलाउन प्रयास गरिएको छ।

विरोधी आन्दोलनकारीहरूले सोमबार हिंस्रक प्रदर्शन गरेपछि प्रहरीले गोली चलाएको थियो। सोमबार गोली चलेर एक प्रदर्शनकारी घाइते भए लगत्तै प्रदर्शनकारीले एक व्यक्तिलाई ज्यूँदै जलाउने प्रयास गरेका हुन्।

उनको शरीमा आगो लगाइए पनि उनको ज्यान भने जोगिएको छ। एससीएमपीका अनुसार सोमबार मध्यान्न १२ बजेर ५३ मिनेट जाँदा ओ चुन स्ट्रिटमा एक व्यक्तिमाथि प्रदर्शनकारीले आगजनी गरेका हुन्।

हरियो टिसर्टधारी व्यक्तिले प्रदर्शनकारीलाई ‘तिमीहरु चिनियाँ होइनौं’ भनेपछि भीडले उनलाई ‘हामी हङकङ बार्सी हौं’ भन्ने जवाफ फर्काएका थिए। त्यस लगत्तै उनलाई प्रदर्शनकारीले अपशब्द प्रयोग गर्दै तरल पदार्थ फ्याँक्दै आगो लगाएका थिए।

प्रहरीले ती व्यक्ति मुख्य क्षेत्र चीनको भएको अनुमान गरेका छन्। ती व्यक्तिको २८ प्रतिशत शरीर जलेको जनाइएको छ। गम्भीर घाइते उनको यतिबेला वेल्स अस्पतालमा उपचार भइरहेको छ।

बिहानै प्रदर्शनकारीले सडक अवरोध गर्दै पसलहरुमा तोडफोड र आगजनी गर्न थालेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो।

प्रतिक्रिया दिनुहोस्