सीमा विवादः अतिक्रमित भूभाग फिर्ता गर्ने सरकारको तयारी



२५ कार्तिक २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको भूभाग आफ्नो नक्सामा पारेको विषयमा कुराकानी गर्न भारतसँग पुराना नक्सा र तथ्यांकहरु संकलन गरिरहेको बताएका छन्।

सोमबार बिहान नेकपा सचिवालय बैठकमा यसबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले अतिक्रमित भूभाग फिर्ता गराउने गरी सरकारले काम गरिरहेको जानकारी दिएका हुन्।

उनले तथ्य र प्रमाणका आधारमा नेपालले भारतसँगको सीमा विवाद समाधानका लागि भारतसँग कुरा गर्ने बताएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्