बोलिभियाका राष्ट्रपति इभोद्वारा राजीनामा



२५ कार्तिक २०७६, काठमाडौं

बोलिभियाका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन्।

गत महिना भएको पुन निर्वाचनपछि विवादमा आएका राष्ट्रपति मोरालेसले पदबाट राजीनामा दिएका हुन्।

अन्तराष्ट्रिय निर्वाचन पर्यवक्षेकहरुले बोलिभियामा गत अक्टोबरमा भएको राष्ट्रपतिय निर्वाचनमा धाँधली भएको भन्दै पुन निर्वाचन गर्न दबाब दिएपछि उनले पदबाट राजीनामा दिएका हुन्।

राजीनामा संगसंगै मोरालेसले देशमा पुन चुनाव गर्ने घोषणा समेत गरेका छन्। बोलिभियाका राजनीतिक दल र सेना तथा प्रहरी प्रमुखहरुले समेत पद छोड्न दबाब दिएपछि मोरालेस राजीनामा दिएका हुन्।

राष्ट्रपतिको राजीनामा माग गर्दै बोलिभियाका सर्वसाधारणले विरोध प्रदर्शनसमेत गरेका थिए । सरकार बिरोधी प्रदर्शनमा राष्ट्रपतिका सहयोगीहरुमाथि आक्रमण हुन थालेपछि उनले टेलिभिजन सम्बोधनमा आक्रमण बन्द गर्न, आगजनी र तोडफोड नगर्न अपील गरेका थिए।

प्रदर्शन चर्कँदै गएपछि अमेरिकी राज्य संगठनले चुनावी परिणामको अनुगमन गरी त्रुटीपूर्ण रहेको ठहर गरेको थियो। यता राष्ट्रपतिको राजीनामापछि उपराष्ट्रपति अल्बारो गार्सिया लाइनरा र सिनेटका अध्यक्ष समेतले राजीनमा दिएका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्