अन्तर्राष्ट्रिय अदालतमै पुगेर भएपनि हाम्रो भूमि फिर्ता गर्छाै : निर्मल कुईकेल (भिडियो सहित)



२३ कात्तिक २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३ नं. प्रदेश सचिवालय सदस्य निर्मल कुईकेलले अन्तर्राष्ट्रिय अदालतमै पुगेर भएपनि भारतद्वारा मिचिएको नेपाली भूमि फिर्ता गरी छाड्ने बताएका छन् ।

नेकपा नेता कुईकेलको चेतावनीपूर्ण भाषणको भिडियो :

काठमाडौंमा पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको विरोध र्‍याली काठमाडौं महानगरपालिका वडा नं. ८ को जयबागेश्वरी, सिफल, मित्रपार्क परिक्रमा गरी पशुपति पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेता कुईकेलले, ‘शरीरमा एक थोपा रगत रहुन्जेल राष्ट्रिय अखण्डता र सीमा रक्षाको लागि लाग्ने बताउँदै नाकाबन्दी सँग लडेका राजनेता केपी ओलीलाई सीमा रक्षाका लागि समेत जनताले साथ दिने बताए ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईकै क्षेत्रमा पहिलो पटक भारतीय सीमा विरुद्धको र्‍याली निस्कनुलाई नेकपाका नेताहरुले अर्थपूर्ण रुपमा हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्