जाडो मौसममा कम पानी पिउनाले देखिन्छन् यस्ता स्वास्थ्य समस्याहरु …..



२४ कार्तिक २०७६, काठमाडौं

चाडपर्व सकिएसँगै दिनप्रतिदिन जाडो महिनाको सुरुवात भईसकेको छ। अबको मौसममा हरेक मानिसले आफ्नो स्वास्थ्याप्रति उत्तिकै सतर्क अपनाउनुपर्दछ। किनकि जाडो मौसममा मानिसलाई विभिन्न किसिमका रोगहरुले आक्रमण गर्दछ।

चिकित्सकरुका अनुसार, जाडोयाममा बिहान बेलुका वायुमण्डलको तल्लो तहमा ब्याक्टेरिया, भाइरसलगायत जीवाणु बढी क्रियाशिल हुन्छन्।

त्यस्तै, धूलोका कण पनि वायुमण्डलको तल्लो तहमा जम्मा हुन्छ। यस्तो बेला माक्स नलगाई घरबाट निस्किए श्वासप्रश्वास, छाला, कोल्ड डाइरिया, खोकी जस्ता रोगले सताउने सम्भावना हुन्छ।

यो मौसमले बिशेषगरि बालबालिकालाई अझै बढी समस्या पार्दछ। भाइरसले बालबालिकालाई चाडै आक्रमण गर्ने हुँदा वयस्कको तुलनामा उनीहरू चाडै बिरामी गर्दछन्। उनीहरूलाई श्वासप्रश्वास, खोकी र डायरिया जस्ता समस्या यो बेला बढी देखापर्छ।

गर्मीमा जास्तो जाडोमा शरिरबाट पसिना नआउने हुँदा मानिसलाई तिर्खा कम लाग्छ। तिर्खा लागेन भनेर पानी नै नखाने प्रवृति छ। खाइहाले पनि थोरै मात्रामा खाने गर्छन्। जसले शरिरलाई बेफाइदा गर्र्दछ।

शरिरमा पानीको अभावले छाला फुस्रो हुने, कब्जियत हुने, ओठ फुट्ने समस्या देखिन्छ। यसकारण तिर्खा नलागे पनि प्रशस्त पानी पिउनुपर्छ। कतिपय किशोरकिशोरी फेसनेवल बन्ने होडमा पातला र कम कपडा लगाउने गर्छन।

जसले स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्छ। पातला र कम कपडा लगाउदा चिसोले रुघाखोकी, ज्वरो, निमोनिया जस्ता समस्याले हुनसक्छ। जाडो महिना सकिने र गर्मी महिना सुरु बेलामा पनि बिशेष सचेतता हुनुपर्छ।

यो बेलामा पनि सरुवा रोगका किटाणु सक्रिय हुन्छन्। जसले सहजै मानिसलाई आक्रमण गर्छ। सरुवा रोगहरू सिजन अनुसार फरक फरक देखा पर्छ । जुनसुकै रोग जतिबेला पनि लाग्ने हुँदा सर्तकता अपनाइरहनु राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस्