समाज रुपान्तरणमा युवा संस्थाको सकारात्मक भूमिका रहन्छ : डा. राजन भट्टराई



२४ कार्तिक २०७६, काठमाडौं

नवजागरुक युवा क्लबको १८ औं वार्षिक साधारण सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सामाजिक क्षेत्रमा काम गर्न युवा संस्थाको ठूलो भूमिका हुने बताउँदै समाज रुपान्तरणमा समेत युवा संस्थाले सकारात्मक भूमिका खेलिरहेको बताएका छन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष शुद्ध डंगोलले जागरण र साँस्कृतिक गतिविधिमा नवजागरुक युवा क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए ।

मदन भण्डारी फाउण्डेशनका काठमाडौं महानगरका अध्यक्ष टिका पराजुलीले सामाजिक र साँस्कृतिक क्षेत्रमा विविध कार्यक्रम गरिरहेको नवजागरुक युवा क्लब एउटा क्रियाशील सामाजिक संस्थाको रुपमा स्थापित भएको धारणा राखे ।

काठमाडौं महानगरपालिका वडा नं. ७ का वडा सदस्य कृष्ण प्रसाद घिमिरेले नव जागरुक युवा क्लबले गरेका कामबाट प्रभावित भई वडा कार्यालयले सहकार्य गरिरहेको बताए ।

गौरीनगर सुधार समितिका पूर्व अध्यक्ष तथा गौरीनगर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चक्र बहादुर श्रेष्ठले युवाहरुको व्यक्तित्व र क्षमता विकासमा यस्ता कार्यक्रमले भूमिका खेल्ने बताए ।

नेकपा नेता तारानीधि पोखरेलद्वारा संचालित कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष अमृत जंग थापाले गरेका थिए भने क्लबलाई विभिन्न कार्यक्रममा सहयोग गर्ने लक्ष्मी शाही, गायत्री शर्मा, विष्णुप्रसाद तिमल्सिना, राजन तिमल्सिना, रबिन दाहाल र नवजागरुक उत्कृष्ट सदस्यका रुपमा निरज थापालाई प्रमुख अतिथिबाट सम्मान समेत गरिएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्