नेकपा काठमाडौं महानगरको तुच्चा कार्यक्रममा हजारौंको सहभागीता (फोटो फिचर)



२३ कात्तिक २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगर कमिटीको नेपाल सम्वत् ११४० को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा तुच्चा कार्यक्रममा हजारौंले सहभागीता जनाएका छन् ।

कार्यक्रममा पूूर्वप्रधानमन्त्री झलनाथ खनालले, ‘२१ औं शताब्दीको दोस्रो दशक पार गरिसक्दा पनि पूर्व शासकहरुको अर्कमण्यताको कारण नेपाल आफ्नो सीमा छुट्याउन समेत असफल रहेको बताउँदै लिम्पियाधुराबाट उत्पत्ति भएको महाकाली नदीको उद्गम स्थल नै नेपाल भारतको सीमा भएको बताए ।’

पूर्वमन्त्री खनालले, ‘नेपालले भारतको हामी एक ईन्च लिदैनौं र हाम्रो एक ईन्च पनि छोड्दैनौं भनी आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सचिवालय सदस्य बामदेव गौतम, नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश ३ ईन्चार्ज अष्टलक्ष्मी शाक्य, सचिव आनन्दप्रसाद पोखरेल, काठमाडौं क्षेत्र भित्रका केन्द्रीय सदस्यहरु, नेकपाका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

महानगर सचिव रविन्द्र श्रेष्ठले संचालन गरेको कार्यक्रमको अध्यक्षता महानगर अध्यक्ष निर्मल देउलाले गरेका थिए । कार्यक्रममा नेवारी संस्कृतिमा आधारित विविध साँस्कृतिक कार्यक्रमका साथै सहभागीहरुलाई नेवारी खाजाको व्यवस्था गरिएको थियो ।

  

प्रतिक्रिया दिनुहोस्