मोदीले दिए इमरानलाई धन्यवाद



२३ कार्तिक २०७६, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन्।

भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनका लागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन्।

पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ।

संचारमाध्यमलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीले भने–‘पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनुभएको छ र सहयोग गर्नुभएको छ। त्यसैले म उहाँलाई धन्यवाद दिन चाहन्छु।’–एएफपी

प्रतिक्रिया दिनुहोस्