काठमाडौंलाई तीन महिनामा ‘नीट एण्ड क्लिन’गर्न सक्छुः अभियन्ता अधिकारी(भिडियो सहित)



२२ कार्तिक २०७६, काठमाडौं

एउटा मानिस स्वस्थ रहनको लागि उसले आफ्नो शरीरलाई मात्रै सफा राखेर हुँदैन।

उसले आफू बस्ने गरेको वातावरण(धरातल)लाई पनि उस्तै सफा राख्नु आवश्यक छ। किनकी, मानिस शारीरिक रुपमा त्यतिबेला मात्रै तन्दरुस्त हुन्छ, जतिबेला सफा अनि सुग्घर वातावरणमा जिउँछ।

पछिल्लो समय जलवायु परिवर्तनको असर झनै बढ्दो छ। यसको प्रमुख कारण फोहोरको उचित व्यवस्थापन नहुनु पनि एक हो। फोहोरको मात्रै पनि उचित व्यवस्थापन हुन सके केही हदसम्म वातावरण मानिस रहन अनुकूल हुन्छ।

तर, मानिसहरु प्रायः यी सबै कुरामा अवगतै भएपनि वातावरणीय सरसफाइलाई भने खासै वास्ता गर्दैनन्। यो अवस्थामा ‘वातावरणीय सफाइ अभियान’ले भने वातावरण सरसफाइलाई विशेष ध्यान दिँदै राजधानीका अधिकांश स्थानहरु सफा गर्दै आएको छ।

यो आजको अपरिहार्य आवश्यक्ता बनिसकेको छ।

यसै आवश्यक्तालाई ध्यानमा राख्दै आफ्नो मन अनि मष्तिस्क वातावरण सरसफाइतिरै लगाएका एक अभियन्ता हुन्, मनोजकुमार अधिकारी। जसले ‘वातावरणीय सफाइ अभियान’को माध्यमबाट विशेषगरी राजधानी काठमाडौंभित्रका डम्पिङ साइडहरुमा सरसफाइ गर्दै आएका छन्।

विगत ढाइ वर्षदेखि चलेको उक्त अभियानले सडकका फोहोरदेखि लिएर खोलामा फालिएको फोहोरसम्मलाई उठाउने गरेको छ।

अभियानको २४ औं हप्ता पूराः

‘वातावरणीय अभियान’को २४ औं हप्ता पूरा भइसकेको अभियन्ता अधिकारी बताउँछन्।

प्रत्येक हप्ताको शनिबार बिहानीको समयमा संचालन हुने उक्त सरसफाइ अभियानले विशेषतः जमिनमा यत्रतत्र फालिएका फोहोरहरुलाई उठाउने गर्छ।

“६ दिनसम्म आफ्नो काममा व्यस्त रहेपनि हप्ताको १ दिन राष्ट्रको लागि जुट्दा केही पनि हुँदैन। जहाँ हामी नेपाली हुनुको अर्थ भेट्छौं।”अभियन्ता अधिकारीले परिवर्तन खबरसँग भने। ‘हामीले यो अभियानलाई स्वतःस्फुर्त रुपमा संचालन गरेका छौं।’

‘वातावरणीय सफाइ अभियान’का अभियन्ताहरु सरसफाइमा व्यस्तः

गत शनिबार आफ्नो २४ औं हप्ता पूरा गरिसकेको अभियानले आउँदो शनिबार(भोलि) आफ्नो २५ औं हप्ता मनाउँदै छ।

अभियानको रमाइलो पक्षः

अभियन्ता अधिकारीकै भाषामाः हामी प्रत्येक हप्ताको शनिबार बिहान ६ः३० बजे सरसफाइ स्पटमै सिटी फुक्दै पुगिसक्छौं।

हामी जब सिटी फुक्दै त्यहाँ पुग्छौं। तब, सबैजना फोहोर लिन आयो भन्दै बाहिर निस्कनुहुन्छ। त्यसमा हामीलाई रमाइलो लाग्छ। वास्तवमा हामी त्यहाँ फोहोर नै लिन पुगेका हुन्छौं। तर, घरभित्र जम्मा गरिएको फोहोर होइन कि, घरबाहिर रहेको फोहोर।

अनि हामी उहाँहरुलाई पनि एकचोटी अनुरोधको रुपमा घर वरपरका फोहोर टिप्न हाव्हान गर्छौं। त्यसपछि कतिले लजाउँदै फोहोर टिप्नुहुन्छ त कतिले टिप्नुहुन्न पनि। तर, हामी जबरजस्त गर्दैनौं। प्रायःले स्वतस्फुर्त गर्नुहुन्छ।

सरसफाइपछि अभियन्ताहरुः

 

पछिल्लो समय त झनै धेरै भन्दा धेरै अभियन्ताहरु हामीसँग जोडिनुभएको छ। त्यसले पनि हामीलाई थप ऊर्जा दिएको छ।

काँडाघारी प्रहरी प्रभाग, मनोहरा वेष्ट मेनेजमेन्ट र सिनामंगल नगर सेवा समाजको साथ २४ औं हप्तासम्मै:

‘वातावरणीय सफाइ अभियान’लाई अन्य विभिन्न संघसंस्थाहरुको समेत सहयोग निरन्तर आइरहेको छ।

जसमध्येमा काँडाघारी प्रहरी प्रभाग, मनोहरा वेष्ट मेनेजमेन्ट र सिनामंगल नगर सेवा समाजले भने अभियानको २४ औं हप्तासम्मै सहयोग गरेको र अबका हप्तामा पनि निरन्तर सहभागी हुने उनीहरुले प्रतिज्ञा गरेका अभियन्ता अधिकारी सुनाउँछन्।

यस्तै उनले आफूहरुसँग सहकार्य गरेकोप्रति धन्यवाद समेत दिए। ‘उहाँहरुको सहयोगले पनि हामी यो २४ औं हप्तासम्म सफलताका साथ आएका छौं। अबका हप्तामा पनि हामी सँगैं हुने छौं।’ उनले भने।

३ महिनामा काठमाडौंलाई‘नीट एन्ड क्लिन’गर्न सक्छु: अभियन्ता अधिकारी

अभियन्ता अधिकारीले आफूसँग काठमाडौंलाई तीन महिनाभित्र ‘नीट एण्ड क्लिन’बनाउन सक्ने मास्टर प्लान भएको दावी गर्छन्।

आफूसँग सरकारले उक्त मास्टर प्लानको बारेमा बुझे र हातेमालो गरे आफू काठमाडौंलाई तीन महिनाभित्रमा ‘नीट एण्ड क्लिन’गर्न लागिपर्ने बताए।

परिवर्तन टिभीसँगको कुराकानीमा बोल्दै अभियन्ता अधिकारीः

स्थानीय तहको नियम तथा विधानमा कुनै पनि सार्वजनिक स्थानमा फोहोर फालेको खण्डमा ५ हजारसम्म जरिवाना गरिने व्यवस्था भएको बताउँदै उनले यी नियम कानूनहरु कागजमै मात्र सीमित भएको बताए।

आफ्नै सक्रियताका कारण धेरै ठाउँमा बिहानीको समयमा झाडु लाग्न सुरु भएको स्मरण गर्दै उनले भने, ‘मसँग राजधानीलाई तीन महिनाभित्र ‘नीट एण्ड क्लिन’गर्ने मास्टर प्लान छ। यदि सरकारले मसँग त्यो मास्टर प्लान माग्छ भने म दिन तयार छु।’

अभियन्ता अधिकारीसँगको कुराकानीः

 

प्रतिक्रिया दिनुहोस्