एनआरएनएले विश्वभरका नेपालीको प्रतिनिधित्व गर्दै विज्ञप्ती मार्फत गर्‍यो भारतीय नयाँ नक्साको विरोध



२२ कात्तिक २०७६, काठमाडौं

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भू–भाग अतिक्रमण गरिएको विरोधमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ध्यानाकर्षण गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तद्वारा जारी प्रेस विज्ञप्तीमा नेपालको भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतीय नक्सामा समावेश गरिएकोमा विश्वभर छरिएर रहेका नेपालीहरुको तर्फबाट आपत्ति प्रकट गरिएको छ ।

जारी विज्ञप्तीमा दुई देशवीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कुटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमतीमा ऐतिहासिक दस्तावेज एवं प्रमाणको आधारमा टुङ्गयाउनुको सट्टा एकपक्षीय ढङ्गबाट चालिएको कदमको भत्र्सना गर्दछौं भनी उल्लेख गरिएको छ ।

संघद्वारा जारी प्रेस विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्