टन्सिलबाट पीडित व्यक्तिले यसो गर्नुहोस्……



२२ कार्तिक २०७६, काठमाडौं

टन्सिलका कारण तपाईँले धेरै दुःख पाउनु भएको होला। मौसमको परिवर्तनसँगै रुघा लाग्ने र टन्सिल हुने सामान्य जस्तै भईसकेको छ। सामान्यता मौसममा आउने परिवर्तनका साथै चिसो तातो खान आदिका कारण टन्सिल हुने गगर्दछ।

टन्सिल भएसँगै खान र पिउन निकै समस्या पनि हुन्छ। राम्रोसँग खान र पानी निल्न पनि नसक्ने भएपनि खानपानमा समस्या नपर्ने कुरै भएन।

टन्सीलबाट दुख पाएर मानिसहरु मेडिकलबाट विभिन्न खालका औषधि ल्याएर खाने गर्छन्। तर टन्सिलको उपचारका लागि घरायसी विधिले निकै फाईदा पुर्याउँछ।

त्यसैले जान्नुहोस् टन्सिलको घरायसी उपचारको बारेमाः

नुन पानी

नुनमा एन्टी बायोटिक गुण हुन्छ। यसका लागि हल्का तातो पानीमा नून हालेर मुख कुरा गर्नुहोस् यसबाट निकै लाभ हुन्छ।

हरेक दिन मनतातो पानीमा नुन राखेर या नन अल्कोहलिक माउथवास राखेर मुख कुला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ। अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुला गर्दा थप फाइदा हुन्छ।

लसुन या ल्वाङ

टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ। यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ।

चूक अमिलो

चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ। जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ। भिनेगर आजकल बजारमा सहज रुपमा उपलव्ध हुन्छ। यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नु हुन्छ। यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ ताथ यी विरामी हुनबाट जोगाउँछ।

बेसार

कुला गर्नका लागि बेसार पनि राम्रो मानिन्छ। तातो पानीमा थोरै बेसार मिसाएर कुला गर्दा टन्सिल निको पार्न फाइदा हुन्छ । राति सुत्नु भन्दा पहिला एक गिलास तातो दूधमा थोरै बेसार र मरिच पाउडर पीउनाले राहत मिल्छ।

पानीको प्रयोग

टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ। सूप, जूूस तथा अन्य पेय पर्दाको प्रयोग बढी गर्नु आवश्यक छ।

पानी पिउँदा गला चिसो रहन्छ। तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरुपमा त्याग्नु पर्छ। यस्तो अवस्थामा महले पनि फाइदा पुर्याउछ।

हर्वल चीया

टन्सिल हुँदा हर्वल चीया पिउदा पनि आराम मिल्छ। कागती या मह मिसाइएको चियाले पनि फाइदा पुग्छ।
तुलसीवाला चिया पनि टन्सिलका लागि फाइदा हुन्छ। यसका लागि ५ पत्ता तुली, ५ वटा मरिच थोरै चुकअमिलो एक कप पानीमा उमालेर छानी खानु फाइदाजनक हुन्छ ।

चिकेन सुप

चिकन सूपमा सोडियमको मात्रा धेरै हुन्छ । यो सू्रपमा कयौं पोषक तत्वपनि पाइन्छ । टन्सिल भए खाना खानसकिँदैन । जसका कारण शरीरमा भएको पोषक तत्वको कमीलाई चिकेन सुपले पुरा गर्छ ।

प्रतिक्रिया दिनुहोस्