अनेरास्ववियूका विधार्थीले भारतीय दुतावास अगाडि नै घन्काए मोदी सरकार मुर्दावादको नारा (फोटो फिचर)



२२ कात्तिक २०७६, काठमाडौं

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग मिचेको विरोधमा अनेरास्ववियूका विधार्थीले काठमाडौंस्थित भारतीय दूतावास अगाडि नै मोदी सरकार मुर्दावादको नारा लगाएका छन् ।

प्रदर्शनको क्रममा उनीहरुले भारतको सार्वजनिक गरेको नक्सा समेत जलाएका हुन् । भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपालीभूमि कालापानी र लिपुलेक भारतीय क्षेत्रभित्र समेटेपछि नेपालभर भारत र मोदी सरकार विरुद्ध प्रदर्शन हुँदै आएको छ ।

नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गरेका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गरेको छ ।     

प्रतिक्रिया दिनुहोस्