रुघाखोकीले सतायो? यसो गर्नुहोस्….



२२ कार्तिक २०७६, काठमाडौं

परिवर्तित मौसमसँगै गर्मी महिना सकिएर बिस्तारै जाडो महिनाको सुरुवात हुँदैछ। मौसम परिवर्तन हुँदा शरिरले पनि प्रतिक्रिया जनाउँछ।

शरिरले प्रतिक्रिया जनाउनु भनेको रुघा,खोकी लाग्नु, नाक बन्द हुँनु घाँटीमा टन्सिल हुनु इत्यादि हो।

मौसम परिवर्तनको समयमा सामान्य रुघाखोकी लाग्दा आत्ति हाल्नु पर्दैन। मौसम परिवर्तनको समयमा लाग्ने रुघाखोकीबाट बच्न घरेलु उपाय अपनाउन सकिन्छ।

त्यसैले जान्नुहोस्, रुघाखोकी निको पार्ने घरेलु उपचारः


–पुँदिनाको पात मिसाएर पानी उमालेर त्यसको बाफ लिने गर्नुहोस्। जसले गर्दा रुघाखोकीलाई निकै फाईदा पुर्याउछ। कम्तिमा दिनमा २ पटक बाफ लिन नर्बिसिनुहोस्।

–रुघाखोकी लागेकाले सधैँ तातो पानीको प्रयोग गर्नु राम्रो हुन्छ। यसका साथै कागती हालेको चिया पिउँदा पनि रुघाखोकीलाई फाइदा पुग्छ।

–मह मिसाएको पानी पिउँदा पनि रुघाखोकी लागेका व्यक्तिलाई निकै फाईदा पुग्छ। तातो पानीमा मह मिसाएर नियमित सेवन गर्दा अन्य समस्याहरुमा पनि राहत मिल्छ।

रुघा लाग्दा नियमित रुपमा सिगान बग्छ। उक्त सिगा‍न रुमालको सहायतमा पुछ्नु पर्छ। कहिलेकाही हातले पनि पुछिन्छ त्यस क्रममा नाक वरपर ‍ब्याक्टेरिया रहेको हुन्छ। त्यसैले त्यसका लाग नूनपानीले नाक वरीपरि सफा गर्नुपर्छ। नाकमा भएका ब्याक्टेरिया नष्ट गर्छ।

त्यस्तै, सफा रुमालको प्रयोग गरेर तातोपानीले बन्द नाकलाई सेक्ने, पानीमा बेसार, नुन र कागती राखेर पिउनाले पनि निकै फाइदा पुग्छ।

–तुलसीको पात खानाले पनि रुघाखोकीमा राहत मिल्छ।

प्रतिक्रिया दिनुहोस्