
२२ कार्तिक २०७६, कमाठमाडौं
सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ घटेको छ ।
सुन शुक्रबार तोलामा ६९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।





