बूढानीलकण्ठ क्षेत्रको खानेपानी समस्या समाधानका लागि सरोकारवालासँग बृहत अन्तरक्रिया



२१ कात्तिक २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं ८,९,१०,११,१२ र १३ को खानेपानी समस्या समाधानका लागि सरोकारवालासहित बृहत अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ ।

मिति २०७६ कात्तिक २३ गते शनिबार बिहान ७ : ३० बजे मिलन चोक पार्टी भेन्यु, कपनमा आयोजना हुने अन्तरक्रियामा सहभागी हुन वडा कार्यालयले टोल विकास समिति र सरोकारवालाहरुलाई पत्राचार गरिसकेको छ ।

बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईका अनुसार मेलम्ची खानेपानी परियोजना बिस्तार, खानेपानीको अल्पकालीन समस्या समाधान लगायतका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरी समस्या समाधानको लागि पहल गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्