राष्ट्रियताको पक्षमा सतिसाल बन्दै अनेरास्ववियू : भोलि विहान भारतीय दुतावास घेर्दै



२१ कात्तिक २०७६, काठमाडौं

भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएपछि त्यसको विरोधमा अनेरास्ववियूले भोलि (शुक्रबार) विहान ११ बजे अस्कल क्याम्पसमा जम्मा भएर भारतीय दूतावासमा धर्ना दिने भएको छ ।

अनेरास्ववियूको केन्द्रीय कार्यालयमा बिहीबार साँझ बसेको पदाधिकारी बैठकले दोस्रो चरणको आन्दोलन स्वरुप उक्त निर्णय गरेको हो । त्यसैगरी कात्तिक २४ गते परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र २५ गते संयुक्त राष्ट्रसंघको नेपाल स्थित कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने अनेरास्ववियूले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्