बच्चाको मानसिक शारीरिक विकासका लागि के खुवाउने?



२१ कार्तिक २०७६, काठमाडौं

सामान्यतय: बच्चाको मानसिक विकास ५ वर्षको उमेरसम्म हुन्छ। जुन क्रममा बच्चाको शारीरिक र मानसिक विकास स्वास्थ्य र पौष्टिक आहारमा निर्भर हुन्छ।

किनभने, यो अवस्थामा बच्चाको खानामा प्रोटिन,कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त स्ता  खानेकुरा आवश्यक पर्दछ।

त्यतिमात्र होइन्, बच्चाको शारीरिक र मानसिक विकासमा आमाको खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ।

त्यसैले आज हामी बच्चाको शाारीरिक र मानसिक विकासमा आवश्यक पर्ने खानेकुराको तपाईहरुलाई  केही जानकारी दिदैछौँः

–बच्चाको दिमाग पूर्ण विकसित हुन पाँच वर्ष लाग्छ। यो अवधिभर खानपानमा विशेष ध्यान पुर्याउनु आवश्यक पर्दछ। तसर्थ, बच्चा ६ महिना पुगेपछि प्रशस्त मात्रामा हरियो सागसब्जी खुवाउनुहोस्।

–नौ महिनामाथिको बच्चालाई माछा खुवाउँदा दिमाग विकासका लागि आवश्यक आमेगा–३ फ्याट परिपूर्ति हुन्छ।

–दिमाग वृद्धि–विकासमा ओखर लाभदायी हुन्छ। ओखरमा एन्टिअक्सिडेन्ट, फाइबर, भिटामिन बी र म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ। बच्चालाई दिउँसोको खानामा काजु, बदाम र किसमिस खुवाउन सकिन्छ।

–बच्चालाई फास्टफुड र जंकफुड खान दिनुहुँदैन। यस्ता खानेकुरामा पौष्टिक तत्वको मात्रा एकदम कम हुन्छ। जसले मस्तिष्क विकासमा अवरोध गर्छ।

–चिल्लोरहित दूध प्रोटिन, भिटामिन डी र फस्फोरसको राम्रो स्रोत हो। तसर्थ, बच्चालाई दूध–दही खुवाउनुपर्छ।

–बच्चाको शाारीरिक र मानसिक विकास लागी धेरै दूध र दही खुवाउन पर्दछ। र मानसिक विकास लागी धेरै दूध र दही खुवाउन पर्दछ।

प्रतिक्रिया दिनुहोस्