पेटको क्यान्सर कसरी थाहा पाउने?



२१ कार्तिक २०७६, काठमाडौं

बद्लिदो जीवनशैली तथा गलत खानपानका कारण शरिरमा विभिन्न किसिमका रोगहरु उत्पन्न हुन्छन्।  जसको प्रमूख कारण नै भनेको अस्वस्थ्यकर खानपान तथा बदलिदो जीवनशैली मानिन्छ।

जसको नाम सुन्ने बित्तिकै प्रायः सबै मानिस डराउने गर्दछन्। किनभने, ‘क्यान्सर’ एक दिर्घरोग रोग हो।

चिकित्सकहरुका अनुसार, समयमै यसको सुरुवाती लक्षण पत्ता लगाएर उपचार गर्न सकेमा जुन रोगबाट मुक्त हुन सकिन्छ।  त्यसैले, आज हामी पेटको क्यान्सरको सुरुवाती लक्षण कसरी थाहा पाउने? जुन बिषयमा जानकारी दिदैछौँ।

पेटमा कुनै पनि कोष असामान्य र अनियन्त्रित तरिकाबाट बढ्नुलाई सजिलो भाषामा पेटको क्यान्सर भनेर बुझिन्छ। यो पेटको भित्रिपत्रमा फैलिदै विस्तारै–विस्तारै पेटको बाहिरी पत्रमा पनि आँउछ।

त्यसैले, प्रायः जसो बिरामीले सुरुवातमा पेटको क्यान्सर भएको थाहा नै पाउन सक्दैन। पेटको क्यान्सरको लक्षण सुरुवाती अवस्थामा छिट्टै अगाडि आँउदैन्। यसको लक्षण धेरै हदसम्म अल्सर र पेटको अन्य रोगको जस्तो हुन्छ।

त्यसैले यी लक्षणहरु प्रकट सजग हुँदा सजग अपनाउनुपर्दछ:

–पेटमा धेरैजसो दुखाई मशहुष भएमा,

–धेरै जसो अपचको समस्या भएमा,

–खाना खानसाथ उल्टी भएमा,

–कालो रंगको दिसा आएमा,

–भोकको कमी महशुष भएमा,

–रगतको कमी (एनिमिया) भएमा,

–तौल कम हुँदै गएमा,

प्रतिक्रिया दिनुहोस्