
२१ कार्तिक २०७६,काठमाडौं
विराटनगरमा फेसबुकमा युवतीलाई अश्लिल म्यासेज पठाएको अभियोगमा पर्यटन व्यवसायी खेमराज नेपाललाई पक्राउ परेको छ।
नेपाल विरुद्ध अभद्र व्यवहार ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीका प्रवक्ता डीएसपीले दिएका छन् । उनी लायन्स क्लबमा पनि सक्रिय छन् । पीडित महिलाले लिखित उजुरी दिएपछि नेपाललाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको प्रहरी प्रवक्ता डीएसपी राजकुमार खिँउजुको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत गरेको दुरव्यवहार वा गाली गलौज एवं अश्लिल हर्कतमा विद्युतीय अपराध (साइबर क्राइम) ऐन अन्तर्गतको मुद्दा चल्छ । तर प्रहरीले पीडित महिलाले साइबर क्राइमअन्तर्गत मुद्दा चलाउन नमानेपछि अभद्र व्यावहार मुद्दामा अनुसन्धान थालिएको जनाएको छ । डीएसपी खिँउजुले प्रारम्भिक अनुसन्धानबाट नेपालले महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेञ्जरमा अश्लिल सन्देश पठाएको पुष्टि भएको छ ।





