काठमाडौं महानगर कमिटीको पहिलो चियापानको भव्य तयारी पूरा



२१ कात्तिक २०७६, काठमाडौं

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) काठमाण्डौ महानगर कमिटीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दशै, तिहार, छठ र नेपाल संवत ११४० को उपलक्षमा बृहत शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रमको तयारी पुरा भएको अध्यक्ष निर्मल देउलाले बताएका छन् ।

आगामी कात्तिक २३ गते शनिबार बसन्तपुर दरबार स्वायरमा दिनको १ देखि ५ बजेसम्म हुने कार्यक्रममा सहभागी हुन महानगरवासी तथा आम शुभेच्छुक, शुभचिन्तकहरुमा महानगर कमिटीले निमन्त्रणा गरिसकेको महानगर सचिव रबिन्द्र श्रेष्ठले परिवर्तन खबरलाई जानकारी गराए ।

निमन्त्रणा नपुगेका समर्थक, शुभचिन्तकलाई यही समाचारलाई आधार मानी उपस्थिती भईदिन समेत उनले आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस् :

नेपाल सम्वत ११४० को अवसरमा नेकपा काठमाडौं महानगरको बृहत तुच्चा कार्यक्रम हुँदै

प्रतिक्रिया दिनुहोस्